ललितपुर । ललितपुरको भैसेपाटीमा रहेको मन्त्री आवास भवनमा भएको आगजनी तथा तोडफोडको क्षतिको विवरण सङ्कलन कार्य सुरु भएको छ । जेनजीको आन्दोलनको क्रममा भएको मन्त्री आवासिय भवनको क्षतिको प्रारम्भिक विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाइएको छ ।
सङ्घीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको छ । क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ । भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएका सङ्घीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधासम्पन्न भवन पूर्ण रूपमा जलेका छन् ।
गत असारमा मात्र मन्त्रीहरू सो आवासमा सरेका थिए । त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ ।
Comments are closed.