काठमाडौं । नेपालमा नै उत्पादन भएको केराले चाडपर्व धान्ने भएको छ । स्वदेशी उत्पादनले नै दशैँ, तिहार, छठ पर्व धान्ने हुदा बाहिरबाट केरा आयात गर्नुपर्ने अवस्था रहेको छैन ।
यस पटकको दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्वमा नेपालमा नै उत्पादन भएका केराले धान्ने भएकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिदै बाहिरबाट आयात नगर्न व्यवसायीलाई नेपाल केरा उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तको अनुरोध छ ।
केरा उत्पादक व्यवसायीले बाहिरबाट भित्रने केरा बन्द गर्न माग गरेका छन् । चाडपर्वलाई प्रशस्त पुग्ने गरी उत्पादन रहेकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने व्यवसायीको माग छ ।
Comments are closed.