काठमाडौं । दशैँ नजिकिएसँगै काठमाडौंबाट बाहिर जाने क्रम बढ्दै गएको छ । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा अहिले घर फर्कने यात्रुको चाप बढेको छ ।
जेनजी आन्दोलनका कारण स्कुल, कलेज बिदा भएसँगै घर जाने यात्रुको बसपार्कमा घुँईचो लागेको छ । आन्दोलन रोकिएर गाडी चल्न थालेपछि मात्रै ६५ हजार जनाभन्दा धेरै यात्रु नयाँ बसपार्क हुँदै बाहिरिएका छन् ।
सरकारले दशैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज ६ गतेदेखि असोज २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ ।
गत वर्षमा भन्दा अघि नै स्कुल, कलेज बिदा भएपछि यात्रु घर जान थालेकाले दशैँलाई भनेर व्यवसायीले यसवर्ष अग्रिम टिकट नखोल्ने भएका छन् । दशैँका बेला घर जान यात्रुलाई यातायात सहज बनाइने व्यवसायीले बताएका छन् ।
Comments are closed.