दशैँमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकलाई उपहारसहित छुट

काठमाडौं । भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यस पटक अझै ठूलो अफर ल्याएको जनाएको छ । यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् ।

यस अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ । त्यस्तै रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु. ८,२९९ मा पाइनेछ ।

साथै, ४३–इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा किन्न सकिनेछ । यससँगै, रु. ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोल भिआईए ३०० हालि रु. ३०० क्यासब्याक पाउनेछन् ।

साथै ग्राहकले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर रहेको छ । यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।

You might also like

Comments are closed.