लक्ष्मी टेक्नोप्लास्टले राष्ट्र पुनःनिर्माणमा सहयोग गर्ने

काठमाडौं । ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले राष्ट्र पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरेको छ ।

आगामी ३ महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा सहयोग गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । यस निर्णयलाई राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिन सकिने कम्पनीले जनाएको छ ।

‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात् गर्दै कम्पनीले आफ्नो उत्पादन बिक्रीबाट प्राप्त रकमको एक अंश पुनःर्निर्माणमा खर्च गर्न लागेको हो ।

यस कार्यले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसंगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने कम्पनीको विश्वास छ ।

निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्टले यस ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुको भनाइ छ ।

You might also like

Comments are closed.