बागमती प्रदेशले चालू आवको बजेट पुनरावलोकन गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ ।

बजेट पुनरावलोकनको लागि शुक्रबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको हुनाले बजेटको पुनरावलोकन गर्नुपर्ने भएको एक मन्त्रीले जनाए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पुनरावलोकनको लागि अध्ययन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो ।

You might also like

Comments are closed.