चितवन । चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चाडपर्वको बेला हुन सक्ने चोरी, सिकारी लगायतका घटनालाई मध्यनजर गर्दै यस निकुञ्जको सुरक्षा व्यवस्थामा कडाइ गरिने भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२ वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
निकुञ्ज भित्रका ५७ वटा पोष्टहरुलाई सक्रिय बनाइएको उनी बताउँछन् ।
Comments are closed.