काठमाडौं । अलैँचीको निर्यात बढेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मेची भन्सार कार्यालयबाट ४३.९० प्रतिशतले अलैँची निर्यात बढेको हो ।
कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
गएको दुई महिनाको अवधिमा पाँच सय २२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।
Comments are closed.