रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ । दशैँका लागि यसवर्ष मुस्ताङबाट रु ३५ करोड भन्दा बढीको भेडाच्याङ्गा निकासी भएको छ । निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा ३५ करोड रुपैयाँ बढीको च्याङ्ग्रा निकासी भएको हो ।

मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको छ ।

यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये ७ हजार ६६८ वटा स्थानीय र ६ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेको पाइएको छ । यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ । यहाँबाट निकासी भएका भेडाच्याङ्गा देशका विभिन्न बजारमा पुग्ने गरेका छन् ।

You might also like

Comments are closed.