काठमाडौं । बिहीबार सेयर बजार १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ । बजारमा ७६ लाख कित्ता सेयर बिक्री भएसँगै कारोबार रकम ३ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ ।
आज बजारमा १९७ वटाको मूल्य घट्दा, ४५ वटाको मूल्य बढेको र ९ वटाको सेयर अघिल्लो मूल्यमै कारोबार भएको छ । बढेको सेयरमध्ये हिमालयन पावर पार्टनरको मूल्य ९.९३ प्रतिशतले उकालो लागेको छ भने बाँकी सेयरहरू ५.६९ प्रतिशतसम्म मात्र बढेका छन् ।
समाज लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। बाँकी सेयरहरूको मूल्य ७.३३ प्रतिशतसम्म घटेको नेप्सेले जनाएको छ । कारोबार रकम पनि घट्दै गएको छ । सर्वाधिक कारोबार मुक्तिनाथ विकास बैंकमा १५ करोड, नेपाल पुनर्बीमा १३ करोड र शिवम् सिमेन्टमा ११ करोड रुपैयाँको खरिदबिक्री भएको छ ।
Comments are closed.