सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता–मैत्री बनाउन नयाँ फिचरहरू सार्वजनिक गरेको छ ।

टिकटकले क्रिएटरलाई Safety and Productivity tools उपलब्ध गराउँदै आएको छ । जसले उनीहरूलाई कन्टेन्ट बनाउन, फ्यानहरूसँग जोडिन र आफ्नो उपस्थितिमाथि नियन्त्रणको अनुभूति पाउन मद्दत गर्छ । यी सुविधाले अनावश्यक व्यवहारबाट क्रिएटरलाई जोगाउँछन् र सामग्री तथा दर्शकसँगको अन्तरक्रिया प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग गर्छन् ।

टिकटकले Creator Care Mode नामक नयाँ फिचर लन्च गरेको छ, जुन विशेषगरी कमेन्ट सेक्सनको व्यवस्थापनमा केन्द्रित छ । एकपटक एक्टिभेट गरेपछि यसले विशेष गरी क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाइदिएको कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र कमेन्टलाई स्वचालित रूपमा हाइड गर्दिन्छ । यसले क्रिएटरलाई कन्टेन्ट बनाउने समय कमेन्ट मोडेरेट गर्ने काममा खर्चिन नपरोस् भन्ने सुनिश्चित गर्छ ।

यो सुविधा स्मार्ट टेक्नोलोजीद्वारा चल्छ, जसले क्रियटरबाट सिकेर प्याटर्नहरू बुझेर सुरक्षित र सकारात्मक कम्युनिटी स्पेसको निर्माण गर्दछ । साथै कन्टेन्टलाई निरन्तर लाइभ स्ट्रिम गर्ने क्रियटरका लागि टिकटकले सुधारिएको Live Muting Tool  लन्च गरेको छ । अबदेखि लाइभ स्ट्रिम गर्ने होस्टले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई च्याटमै म्यूट वा ब्लक गर्न सक्छन् । होस्ट वा कुनै पनि मोडरेटरले कुनै शब्द वा इमोजी टुलमा टाइप गरेपछि त्यस्तो कमेन्ट च्याटमा देखिँदैन र यसअघि वा भविष्यमा त्यस्तो कमेन्ट गर्ने प्रयोगकर्ता अटोमेटिक रूपमा होस्टले चाहेको अवधिभर म्यूट हुन्छन् ।

यो सुविधा आजबाट विश्वभरका सबै क्रिएटरका लागि उपलब्ध छ र लाइभका दौरान पटक पटक गरिने कमेन्ट म्युट र ब्लक गर्ने क्रियटरका लागि सक्रिय रूपमा उपलब्ध हुनेछ । टिकटकको बल्क म्युट फिचरले लाइभमा हुने अन्तरक्रियालाई अझ नियन्त्रणयोग्य बनाउँछ र सम्मानजनक अन्तर्क्रिया तथा कम्युनिटी निर्माण गर्न मद्दत गर्छ । यसले क्रिएटर र दर्शक दुवैका लागि सुरक्षित, आकर्षक र रियल–टाइम कम्युनिटी स्पेस सुनिश्चित गर्छ ।

टिकटकले क्रियटरका लागि उपयोगी हुने अर्को टुल Content Check Lite पनि उपलब्ध गराएको छ । जुन केवल वेबमा टिकटक स्टुडियो मार्फत चल्छ । यस फिचरले क्रिएटरलाई आफ्ना भिडियोको लिमिटेड रिचका कारण फर यू पेजमा नदेखिने जस्ता समस्या छ कि छैन भनेर पोस्ट गर्नु अघि नै जाँच गरेर परिवर्तन गर्न सघाउँछ ।

यसरी क्रिएटरले सम्भावित समस्याहरू सुरुमै पहिचान गरी कम्युनिटी गाइडलाइन्स अनुसार कन्टेन्टमा सुधार र सिर्जनात्मक स्वतन्त्रता कायम गरेर पोस्ट गर्न सक्छन् । साथै, प्लेटफर्मले Creator Inbox सुविधा दिएको छ । जुन एक प्रोफेसनल मेसेजिंग हब हो । योसँग छिटो जवाफका लागि टेम्पलेट र अनरिड÷स्टार गरिएका मेसेजका लागि बेग्लै फोल्डर उपलब्ध हुन्छन् जसले फ्यानहरूसँगको संवाद अझ छिटो र सरल बनाउँछ ।

यी सबै टुलहरू मार्फत टिकटकले क्रिएटरलाई अनलाइन कम्युनिटी निर्माणमा सुरक्षित, समर्थित र आत्मविश्वासी महसुस गराउन सहयोग गर्दछ । प्लेटफर्मले क्रिएटरहरूलाई यी सुविधाहरू प्रयोग गर्न, यी टुलहरूले कसरी काम गर्छन् भनेर जान्न र आफ्नो अनलाइन यात्रा अझ सकारात्मक, उत्पादनशील र सुरक्षित बनाउन प्रोत्साहन गर्दछ ।

टिकटकको बारेमा :
टिकटक छोटो मोबाइल भिडियोको प्रमुख विश्वव्यापी प्लेटफर्म हो । यसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो । टिकटकको ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छ र न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा यसका कार्यालयहरू छन् ।

 

You might also like

Comments are closed.