काठमाडौं फोटोग्राफर संघको नेतृत्वमा घिमिरे

काठमाडौं । फोटोग्राफर संघको काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सफलतापूर्वक सम्पन्न अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

अध्यक्ष ३ जना र सचिव पदमा २ जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत चयन भएपनि अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिमा घिमिरे, उपाध्यक्ष हरी ज्ञवाली, सचिव कालीप्रसाद रिमाल, सहसचिव मिलन तमखु र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जना कार्यसमिति पदाधिकारी चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा ११ जना चयन गरेको छ । जसअन्तर्गत केशवराज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल, देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ रहेका छन् । काठमाडौं फोटोग्राफर संघको विधानअनुसार नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको कायम रहनेछ ।

अध्यक्षमा चयन भएका घिमिरे आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफर साथीहरुले गर्व गर्न लायक काम गर्ने बताए । मेरो कार्यकालमा फोटोग्राफर साथीहरुलाई नयाँ प्रविधि मैत्री बनाउन समय सापेक्ष तालिम प्रदान गर्ने, राज्यले प्रदान गर्ने व्यावसायिक हितमा फोटोग्राफरहरूको हक अधिकार र सम्मानित पेसाको रूपमा अगाडि बढाउन पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

त्यसैगरी संस्थामा आबद्ध फोटोग्राफरहरूको सामूहिक बीमा गर्ने प्रतिबद्धता, आफैले सुरु गरेको केपीए वेडिङ फोटोग्राफर अवार्डलाई निरन्तरता दिने, नेपालमा फोटोग्राफी सम्बन्धी एक्स्पो गर्न पहल गर्ने, फोटोग्राफरहरूको क्षमतालाई आधिकारिकता प्रदान गर्न सरकारी निकाय सिटिइभिटिबाट फोटोग्राफरहरूको स्किल टेस्ट (सिप परीक्षण) गर्ने प्रक्रियालाई पूर्णता दिने जस्ता फोटोग्राफरको हक हितमा काम गर्ने उनले जनाए ।

You might also like

Comments are closed.