बिराटनगर किंग्सको अफिसियल एपेरल पार्टनरमा ‘डोल्पो’

काठमाडौं । ‘डोल्पो’ नेपाल प्रिमियर लिगका लागि बिराटनगर किंग्सको अफिसियल एपेरल पार्टनर बनेको छ । डोल्पो आफ्नो उत्कृष्ट डिजाइन, उच्च गुणस्तरीय र पर्फर्मेन्सका लागि उपयुक्त हुने एपेरलका लागि परिचित छ ।

बिराटनगर किंग्ससँग सहकार्य गर्दै डोल्पोले टिमलाई फिल्डमा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने पर्फर्मेन्स गियर प्रदान गर्नेछ । प्रत्येक जर्सी, ट्रेनिङ किट र अन्य एपेरलहरूले नेपाली उत्कृष्टताको भावना बोक्नेछन् ।

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने टिम बिराटनगर किंग्सले नेपाल प्रिमियर लिगमा बलियो उपस्थिति जनाउँदै आएको छ । टिमले हालै अन्तर्राष्ट्रिय क्रिकेट स्टार फाफ डु प्लेसिसलाई अनुबन्धन गर्दै बलियो स्क्वायडका साथ उच्चस्तरमा प्रतिष्पर्धा गर्ने संकेत दिएको छ । डोल्पोको समर्थन पाएसँगै अब खेलाडीले प्रत्येक खेलमा आत्मविश्वासका साथ प्रदर्शन दिनेछन् ।

डोल्पो र बिराटनगर किंग्सबीचको यो सहकार्य स्थानीय उत्पादन, उत्साह र प्रतिभाको उत्सव हो । नेपाली ब्राण्ड र खेलकुद टिमहरू एकसाथ आएको खण्डमा देशका लागि साँच्चिकै केही प्रेरणादायी कार्य गर्न सक्छन् भन्ने उदाहरणको रूपमा यस सहकार्यलाई लिन सकिन्छ ।

बिराटनगर किंग्सको बारेमा :
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो । यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र कम्युनिटी तथा फ्यानहरूसँग गहिरो सम्पर्क स्थापित गर्दै कोशी प्रदेशलाई गौरव दिलाउनु रहेको छ ।

 

 

You might also like

Comments are closed.