उच्च अंकले बढेयो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा उत्साह देखिएको छ । हिजो ३९ दशमलव ९२ अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ५०.४४ अंकले बढेको हो ।

यसदिन १.९४ प्रतिशत बढेको नेप्से परिसूचक २६ सय ५० दशमलव ६६ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रूपैयाँमा किनबेच भएको छ ।

हिजो ३ सय ३४ वटा कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ६ अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको थियो । आज सबै कम्पनीको सेयर मूल्य बढेका छन् । यसदिन जीवन बीमा समुहको सर्वाधिक ४.९४ प्रतिशत र होटल तथा पर्यटन समुहको २.२४ प्रतिशत बढेको छ ।

यसदिन झापा इनर्जीकाे सेयर मूल्य १० प्रतिशत, सागर डिष्टिलरी, बन्दिपुर केवलकार, स्वस्तिक लघुवित्तकाे सेयर मूल्य ९.९९ प्रतिशत बढेकाे छ भने श्रीनगर एग्रिटेक इन्डष्ट्रिजकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ ।

You might also like

Comments are closed.