काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चम्पादेवी हिलसाईड रिसोर्ट प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । दक्षिणकाली–काठमाडौंस्थित लोकप्रिय चम्पादेवी हिलसाईड रिसोर्टमा अवकाश, मनोरञ्जन तथा आतिथ्य सेवा उपयोग गर्ने बैंकका ग्राहकले अब आकर्षक छुट पाउनेछन् ।
सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा रिसोर्टका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, SBLNPL KDL Ticket Holders का लागि विशेष छुट अफर SBLNPL सिजन–२ भरि लागू हुने गरी सञ्चालनमा आएको बैंकले जनाएको छ। यस अफरअन्तर्गत टिकट देखाई रिसोर्टमा भुक्तानी गर्ने ग्राहकले २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
यस सहकार्यले ग्राहकलाई सहुलियतसहित गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत गर्नुका साथै बैंकले प्रवर्द्धन गर्दै आएको डिजिटल कारोबार को प्रयोगलाई थप प्रोत्साहन दिने विश्वास व्यक्त गरिएको छ । बैंकका अनुसार छुट तथा अफरसम्बन्धी थप जानकारीका लागि २४ घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिनेछ ।
सिद्धार्थ बैंकले ग्राहकमैत्री सेवाका साथै डिजिटल प्रविधि–आधारित वित्तीय पहुँच विस्तारमा निरन्तर आगामी दिनमा पनि यस्ता सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




Comments are closed.