lcci festival

प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा

काठमाडौं ।  प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको बैंकले जनाएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।बैंकको यो निर्णयले शेयरधनीहरूलाई प्रतिफल प्रदान गर्नुका साथै पूँजी संरचना सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.