lcci festival

आधुनिकीकरणमार्फत दिगो समृद्धिको आधार

श्रीकृष्ण भण्डारी, महासचिव, नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघ (नाल्बा)

नेपालको भौगोलिक विविधता, अनुकूल जलवायु र प्राकृतिक स्रोतका कारण कृषि, पशुपालन तथा डेरी क्षेत्रको अत्यन्तै ठूलो सम्भावना छ । हिमाल, पहाड र तराईका फरक भूभागमा विभिन्न बाली लगाउन सकिने र पशुपालनमा पनि उत्तिकै सम्भावना विद्यमान छ ।

तर, कृषि, पशुपालन तथा डेरी क्षेत्र अझै पनि परम्परागत पद्धतिमा आधारित भएकाले उत्पादन र उत्पादकत्वमा अपेक्षित वृद्धि हुन सकेको छैन । अब यो व्यवसायमा आधुनिकीकरण अपरिहार्य भइसकेको छ ।

कृषि, पशुपंक्षी तथा दुग्ध व्यवसायको विकासका लागि सरकार, निजी क्षेत्र, सहकारी र स्थानीय समुदायको संयुक्त प्रयास अत्यन्तै जरुरी छ । केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यो क्षेत्रलाई आधुनिक, व्यावसायिक, दिगो र युवा–मैत्री बनाउन सके मात्र किसानको जीवनस्तर उकासिनेछ र आर्थिक विकासमा समेत यस क्षेत्रले थप योगदान पु¥याउन सक्नेछ ।

यी क्षेत्रको विकास नभई देशको समग्र विकासको कल्पना गर्न सकिँदैन । यसमा राज्य पक्ष सक्रिय भएर लाग्नुपर्छ भने निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्ने आवश्यकता छ ।

You might also like

Comments are closed.