लेखनाथ महोत्सव: संगीत र हास्यव्यंग्यको विशेष प्रस्तुति

लेखनाथ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित २१औँ लेखनाथ महोत्सव २०८२ मा हरेक दिन विशेष आकर्षण थपिँदै गएका छन् ।

महोत्सव अन्तर्गत पुस ०८ गते मंगलबार दर्शकका लागि बहुआयामिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिँदै छन् । आजको मुख्य आकर्षणका रूपमा लोकदोहोरीतर्फ चर्चित कलाकारहरू विष्णु खत्री, रामजी खाँडेल, बबन्दना पाण्डे, इन्द्रा गुरुङ, सबिना गुरुङ र शिव शर्मा को विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यस्तै, वरिष्ठ उद्योगपतितर्फ नेपालाणी बाँस्तोला र शिवहरी ढुंगाना को उपस्थिति रहनेछ । यसैगरी, बेलुका सुगम संगीततर्फ लोकप्रिय गायक प्रताप दास र गायिका एन्जिला रेग्मी को सांगीतिक प्रस्तुति रहनेछ भने हास्य व्यंग्यतर्फ पोखरेली धुम्स र माग्ने बुढा (राजेन्द्र नेपाली/युवराज भण्डारी) ले दर्शकलाई हँसाउने तयारी गरेका छन् ।

महोत्सवमा यसका अतिरिक्त विद्यालयस्तरीय नृत्य, रत्यौली नृत्य तथा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिएका छन् । सांस्कृतिक मनोरञ्जनसँगै स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास र क्षेत्रीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित लेखनाथ महोत्सव निरन्तर रूपमा दर्शकको आकर्षणको केन्द्र बन्दै गएको आयोजकले बताएका छन् ।

You might also like

Comments are closed.