काठमाडौं । नेपाल प्रिमियम लिग (एनपीएल) सिजन २ को ऐतिहासिक समापनसँगै, नेपालका लागि ओमोडा र जेको (Omoda & Jaecoo) गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रा. लि. ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलप्रति विशेष सम्मान व्यक्त गर्दै महत्वपूर्ण घोषणा गरेको छ ।
एनपीएल सिजन २ मा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ घोषित भएका रोहित पौडेललाई पुरस्कारस्वरूप प्रदान गरिएको जेको (Jaecoo) J5 इलेक्ट्रिक SUV को औपचारिक हस्तान्तरण कार्यक्रममा, उक्त गाडीमा लाग्ने २५ प्रतिशत उपहार कर (Gift Tax) कम्पनीले स्वयं बेहोर्ने घोषणा गरिएको हो ।
कम्पनीका अनुसार जेको J5 एक प्रिमियम इलेक्ट्रिक SUV हो, जसलाई विलासिता र उच्च प्रदर्शन दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, १५५ किलोवाट क्षमताको शक्तिशाली मोटर र १८५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडी नेपालको विविध भू–बनोटमा सहज यात्राका लागि उपयुक्त मानिन्छ ।
एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा, जेको तथा इकाउर ब्रान्डहरूको आधिकारिक बिक्रेता हो । कम्पनीले दिगो र प्रविधिमैत्री गाडी प्रवर्द्धनमार्फत नेपालको हरित ऊर्जा रूपान्तरणमा योगदान पुर्याउँदै आएको छ भने खेलकुद क्षेत्रको विकासका लागि पनि निरन्तर सहकार्य गर्दै आएको जनाएको छ ।





Comments are closed.