lcci festival

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २३ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनिहरुलाई सम्मान पनि गरेको छ ।

बैंकले विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत, धनगढी लगायतका स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीका साथै, ग्राहक एवं स्थानीयवासी गरी ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरुको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ ।

 

You might also like

Comments are closed.