नेपाल बैंकका कर्मचारी र ग्राहकले नेशनल प्याथ ल्याबमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा लि बीच बैंकका कर्मचारी तथा खातावालालाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याबका विभिन्न शाखामा उपलब्ध प्याथोलोजी ल्याब सेवाहरू तथा हेल्थ प्याकेजमा बिल रकमको १० प्रतिशतदेखि ५० प्रतिशतभन्दा बढीसम्म छुट पाउनेछन्। क्याम्पेन कलेक्सनका लागि शर्तअनुसार निःशुल्क होम डेलिभरी सुविधा पनि उपलब्ध गराइने छ ।

सम्झौता पत्रमा २०८२ साल पौष १४ गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा। लि। को तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी तथा खातावालाहरूले नेशनल प्याथ ल्याबका नक्साल, महाराजगञ्ज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घाखाँची र महेन्द्रनगरस्थित शाखामार्फत प्रदान गरिने उच्चस्तरीय स्वास्थ्य सेवाबाट लाभ लिन सक्नेछन् ।

You might also like

Comments are closed.