काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले आयकर ऐन, २०५८ बमोजिम ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालनमा रहेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य भएको जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल वा एनआईसी एशिया मोबाइल बैंकिङ एपमा रहेको ‘अपडेट प्यान’ विकल्प प्रयोग गरी सजिलै आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहकलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमार्फत आवेदन दिएर पनि प्यान अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।
निक्षेपकर्तालाई भुक्तानी गरिने ब्याजबाट कट्टा गरिएको करलाई ई–टीडीएस (e-TDS) प्रणालीमा प्रविष्ट गर्न प्यान अत्यावश्यक हुने बैंकले स्पष्ट पारेको छ। प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टी विवरण सोही प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीमार्फत स्वचालित रूपमा अनुसूची १० मा मिलान हुने बैंकको भनाइ छ । यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सहजै प्राप्त हुने र बैंकसम्म धाउनुपर्ने झन्झटको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।
बैंकले प्यान अद्यावधिक नगराएका कारण ई–टीडीएस प्रणालीमा ब्याज कर दाखिला नभएको वा पछि कर समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने जानकारी पनि दिएको छ । यसका साथै, बैंकले ग्राहकलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ
। ग्राहकहरूले बैंकको भिडियो केवाईसी प्रणाली वा मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’ अन्तर्गत ‘चेन्ज इमेल’ विकल्प प्रयोग गरी ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । इच्छुक ग्राहकले बैंकको जुनसुकै शाखा कार्यालयमा गएर पनि ईमेल ठेगाना अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि प्यान उपलब्ध गराइसके पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका नम्बर १६६०–०१–७७७७ तथा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।




Comments are closed.