पोखरा । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको वित्तीय संस्थाको आ.व.२०८१/०८२ सम्मको सञ्चित मुनाफावाट १० प्रतिशत बोनश शेयर तथा ०.५२६३ प्रतिशत नगद लाभांश (वोनश शेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
वोनस शेयर जारी पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ४४ करोड ८४ लाख ६१ हजार ५ सय ३५ रुपैया ४४ पैसा हुने बताइएको छ ।
वित्तीय संस्थाको हाल कायम कुल पूँजी संरचनामा संस्थापक समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ३५.४८ रहेकोमा संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको शेयर स्वामित्व ४५.४८ प्रतिशत कायम रहने गरी संस्थापक समूहको शेयर स्वामित्ववाट १० प्रतिशत शेयर सर्वसाधारण समूहको शेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको छ ।
वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने÷प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।




Comments are closed.