मन्जुश्री भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले  Manjushree Virtual Credit Card सार्वजनिक गरेको छ । ग्राहकले Manjushree Smart  मोबाइल बैंकिंग एप मार्फत सजिलै कारोबार गर्न सक्ने यस Manjushree Virtual Credit Card  बाट ग्राहकहरुले फोनपेको कुनै पनि Merchant QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

आफ्नो मोबाइलमै हुने, आफुले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने तथा न्युनतम १५ दिन देखि अधिकतम ४५ दिन सम्म बिना ब्याज क्रेडिट कार्ड सिमा सम्मको सुबिधा उपभोग गर्न मिल्ने व्यवस्था Manjushree Virtual Credit Card मा रहेको छ । आफ्नो क्रेडिट कार्ड लिमिट सम्मको रकम सहजै चलाउन मिल्ने तथा Qr scan गरि सजिलै भुक्तानी गर्न मिल्ने जस्ता सुबिधा रहेको Manjushree Virtual Credit Card ले ग्राहकलाई थप वित्तीय सेवा दिने विश्वास फाईनान्सले राखेको छ ।

हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०।५ अर्ब कर्जा प्रबाह गरेको फाईनान्सले २७ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । १ लाख ८० हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको यस फाईनान्सले Manjushree Virtual Credit Card लाई नवीन सुबिधाको रुपमा सुचारु गरेको छ ।

You might also like

Comments are closed.