काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
भारतको गुडगांवस्थित मेदान्त द मेडिसिटी अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले बैंकका कर्मचारीहरूलाई क्यान्सरसम्बन्धी विश्वसनीय र वैज्ञानिक जानकारी प्रदान गर्न सहयोग पुगेको बैंकको भनाइ छ।
कार्यक्रम अन्तर्गत माघ १३, २०८२ (मंगलबार) सबै महिला कर्मचारीहरूका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार आयोजना गरिएको थियो। उक्त वेबिनारको सहजीकरण मेदान्त अस्पतालकी वरिष्ठ निर्देशक डा. कञ्चन कौरले गर्नुभएको थियो। वेबिनारमा कुल ५१३ जना महिला कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो, जसका कारण कार्यक्रम अन्तरक्रियात्मक र प्रभावकारी बनेको बैंकले जनाएको छ।
त्यसैगरी माघ १४, २०८२ (बुधबार) ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि “प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ” विषयक सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रको सहजीकरण मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले गर्नुभएको थियो। यस सत्रमा ५०९ जना कर्मचारीहरूले सक्रिय सहभागिता जनाएका थिए।
बैंकका अनुसार दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। आगामी दिनमा पनि कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाहरूका लागि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।
यसैबीच, बैंकका कार्डवाहक ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले मेदान्त द मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ र ‘बैंक अफ द ईयर २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेको छ। साथै बैंकले नवयुवालाई लक्षित “सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट”, एकीकृत अनलाइन प्लेटफर्म “सिटिजन्स डिजी बैंक सेवा”, फ्रिलान्सर लक्षित “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” जस्ता नवीन सेवाहरू सञ्चालनमा ल्याएको छ।
मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सी.आर.एन नम्बर सेवा लिन सकिने सुविधा, क्रस बैंक टेलर सेवा अन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था समेत बैंकले उपलब्ध गराएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




Comments are closed.