काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका डा. बुद्धि मल्ल रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिले मल्ललाई फागुन १ गतेबाट कार्यकाल सुरु हुने गरी सिइओ नियुक्त गरेको हो ।
बैंकिङ क्षेत्रमा करिब ३ दशकको अनुभव संगालेका मल्लको नेतृत्वमा रिलायन्स फाइनान्सको वित्तीय अवस्था थप प्रगति हुने विश्वास गरिएको छ ।
मल्ल यस अगाडि एनएमबी बैंकमा असिस्टेन्ट जनरल मेनेजरमा कार्यरत थिए । केही महिना अगाडि उनले एनएमबी छोडेका थिए । त्यस अगाडि उनले ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा सीइओ भएर काम गरिसकेका छन् । ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा उनी दोस्रो वरीयतामा रहेर काम गरेका थिए ।
मल्लले ‘सफलता सम्भव छ’ र ‘सपना साकार छ’ नामक पुस्तक लेखेका छन् ।




Comments are closed.