काठमाडौं । रिलायन्स फाइनान्स र ट्रान्क्यूलिटी स्पा बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोछ । सम्झौता अनुसार ट्रान्क्यूलिटी स्पाले फाईनान्सका ग्राहक तथा कर्मचारीलाई अधिकतम् २५ प्रतिशत सम्मको तथा अन्य विभिन्न सेवामा १५ देखी २० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कमलादी स्थित फाइनान्सको प्रधान कार्यालयमा भएको सम्झौता अनुसार ट्रान्क्यूलिटी स्पाले प्रदान गर्ने छुट रिलायन्सका ग्राहक तथा कर्मचारीले व्यक्तिगत स्पा तथा सौन्दर्य सेवा अन्र्तगत प्राप्त गर्ने भएका छन् ।
काठमाडौंको विभिन्न होटेलबाट समेत आफ्नो सेवा प्रदान गर्दे आएको ट्रान्क्यूलिटी स्पाले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दाे यस्ता छुट उपलब्ध गराउने छ ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहलाई यस्ता छुट सुुविधा प्रदान गर्दै आईरहेको छ ।







Comments are closed.