काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लि.को अगुवाईमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरुले रु. ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना आउने भएको छ । वैशाख ३० गते बुधबार प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना गण्डकी प्रदेश, लमजुङ जिल्ला, मस्र्याङ्दी गाँउपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करीब रु. ११ अर्ब ३० करोडमध्ये सहवित्तीयकरण बैंकहरुले ६७ः३३ को ऋणःस्वपुँजी अनुपातमा रु. ७ अर्ब ५० करोड बराबरको ऋण लगानी गर्नेछन् भने ३३% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको उदीपुर स्थित सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घन्टा र बर्षायाममा २००.५०३ गिगावाट गरी बार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकाल देखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्पmत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताउनु भयो । हाल सम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजना सहित जम्मा १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत आयोजनामा यस बैंकको लगानी रहेको छ ।
सिटिजन्स बैंकले हाल सम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । साथै बैंकले हाल कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, बग्मती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ वटा आयोजनाहरुमा, लुम्बीनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका २ वटा आयोजनाहरुमा र कर्णाली प्रदेश २०.२५ मेगावाट क्षमताका ३ वटा आयोजनाहरुमा लगानी गरेको गरेको छ । प्रवद्र्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतिस न्यौपानेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युतप्राधिकरण, विद्युतविकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरुगरि समयमै सम्पन्नहुने विश्वास व्यक्त गरे ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।






Comments are closed.