काठमाडौं । रिलायन्स फाइनान्सका ग्राहकले कबिलास रिसोर्ट र फन पार्कमा विशेष छुट पाउन भएका छन् । रिलायन्स फाइनान्स र कबिलास रिसोर्ट तथा फन पार्कबीच छुट सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार कबिलास रिसोर्ट र फन पार्कमा फाईनान्सका ग्राहक तथा कर्मचारीलाई अधिकतम् १५ प्रतिशतसम्मको छुट प्रदान हुनेछ ।
यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन, बेकरि, फन पार्क टिकट जस्ता सेवाहरुमा प्राप्त गर्न सक्नेछन् ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थाहरुसंग सहकार्य गर्दै ग्राहकलाई यस्ता छुट तथा विविध सुुविधा प्रदान गर्दै आइरहेको छ ।






Comments are closed.