रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होममा विशेष छुट 

काठमाडौं ।   रिलायन्स फाइनान्स र हेल्दी होमबीच छुट सम्झौता भएको छ ।  हेल्दी होमले उपलब्ध गराउने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
 सम्झौता अनुसार फाइनान्सका ग्राहक तथा कर्मचारीले शरीरको तौल घटाउने, छाला तथा कपालको हेरचाह प्याकेजमा २०% र हेल्दी होमका अन्य प्रोडक्टहरुमा १०% सम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यी छुट प्राप्त गर्न ग्राहक तथा कर्मचारीले फाइनान्सकोे मोवाइल बैकिङ्ग सेवा वा ए.टि.एम कार्डबाट भुक्तानी गर्नुु पर्नेछ ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकलाई यसप्रकारका छुट तथा नवीन सुुविधा उलब्ध गराउदै आईरहेको छ ।
You might also like

Comments are closed.