काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । यस सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गत शुक्रबार जिल्ला अस्पताल खलङ्गा र शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
जिल्ला अस्पताल खलङ्गामा सञ्चालित आँखा शिविरमा ३ सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालित शिविरमा ३ सय २४ जनालाई विशेषज्ञ डाक्टरसँग निःशुल्क आँखा परीक्षण र परामर्शका साथै आवश्यक औषधी र चश्मा वितरण गरिएको थियो । शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले सेवा दिएको थियो ।
उक्त शिविरमा आँखा परीक्षण गरिएकामध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीलाई यस सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था गरिने छ । शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।







Comments are closed.