महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

मनकामना हिलक्रेष्ट होटल कुरिनटार, चितवनमा आवास तथा रेष्टुरेन्टमा १२.५ प्रतिशत सम्म, अलफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थ १५ प्रतिशत सम्म, एल्लो हात्तीलाजिम्पाट उपहार सामग्री बिक्रि सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । त्यसैगरी अल्फा केयर डाइग्नोस्टिक सेन्टर बुद्धनगरमा स्वास्थ्य परिक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशत सम्म, दृष्टी आई केयर कंलकीमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशत सम्म, ओरियन्ट क्याफे दरबारमार्गमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा होटल स्मारक हेटौंडामा आवास र खाना तथा पेय पदार्थ १५ प्रतिशत सम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

 

You might also like

Comments are closed.