नेपाल उद्योग वाणिज्य महासंघको शहरी विकास समिति सदस्यमा श्रीकृष्ण भण्डारी मनोनित

​काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत गठित ‘शहरी विकास समिति’ को सदस्यमा श्रीकृष्ण भण्डारी मनोनित भएका छन् । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भण्डारीलाई समितिको सदस्यमा मनोनित गर्दै औपचारिक पत्र हस्तान्तरण गरेका हुन् ।

​भण्डारी नेक्स्ट इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष, नाल्बाका महासचिव तथा समानान्तर ग्रुपका निर्देशकसमेत हुन्। निजी क्षेत्रमा सक्रिय भण्डारीले शहरी विकास, पूर्वाधार निर्माण र आर्थिक विकासका क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएका छन् । महासंघले उनको यही अनुभव, नेतृत्व क्षमता र सक्रियतालाई ध्यानमा राख्दै उक्त जिम्मेवारी सुम्पिएको हो।

​महासंघले उनको सहभागिताले समितिका कामकारबाहीलाई थप प्रभावकारी, नतिजामुखी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ। उक्त समितिको सभापतिको जिम्मेवारी महासंघका कार्यकारिणी समिति सदस्य विदुर धमलाले सम्हालेका छन् ।

​निजी क्षेत्रको प्रतिनिधित्व गर्दै शहरी विकासका एजेन्डाहरूलाई अघि बढाउने लक्ष्यका साथ गठन भएको यस समितिमा भण्डारीको समावेशीकरणले थप ऊर्जा थप्ने अपेक्षा महासंघको छ ।

You might also like

Comments are closed.