काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत गठित कृषि उद्यम केन्द्रको सदस्यमा टिका प्रसाद घिमिरे मनोनीत भएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले घिमिरेलाई मनोनयन पत्र हस्तान्तरण गर्दै उक्त जिम्मेवारी सुम्पेका हुन् ।
घिमिरे नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका अध्यक्ष, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्षका साथै नेक्स्ट इन्भेस्टमेन्ट कम्पनी र नवप्रभात डेरीका सञ्चालक हुन्।
कृषि, पशुपन्छी तथा दुग्ध क्षेत्रको विकास, व्यवसायीका हकहित र निजी क्षेत्रको प्रवर्द्धनमा घिमिरेको लामो अनुभव र नेतृत्वदायी भूमिका रहँदै आएको छ। उनको यस अनुभवले कृषि उद्यम केन्द्रको कार्यसम्पादनलाई थप प्रभावकारी, सबल र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने महासंघको विश्वास छ।



Comments are closed.