काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ुशहरी विकास समितिुको सदस्यमा हिमालय जंग क्षेत्रीलाई मनोनीत गरेको छ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघको कार्यकारिणी समितिका सदस्य विदुर धमलाको सभापतित्वमा गठित ‘शहरी विकास समिति’ को सदस्यमा क्षेत्रीलाई मनोनयन गरेका हुन् ।
चम्से कन्स्ट्रक्सन प्रा।लि। का सञ्चालक क्षेत्रीलाई शहरी विकास, पूर्वाधार निर्माण तथा यस क्षेत्रका विविध विषयहरूमा रहेको विज्ञता, अनुभव र प्रतिबद्धतालाई कदर गर्दै उक्त जिम्मेवारी सुम्पिएको महासंघले जनाएको छ।
क्षेत्रीको योगदानले समितिका कार्यहरूलाई थप प्रभावकारी, नतिजामुखी र व्यवस्थित बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ।



Comments are closed.