मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्य

गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले अल्फा केयर डायग्नोस्टिक सेन्टर र मञ्जुश्री फाइनान्स लिमिटेडबीच समझदारीपत्र ९ःयग्० मा हस्ताक्षर भएको छ।

सम्झौतासँगै दुवै संस्थाले स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी तथा अर्थपूर्ण समाधानहरू विकास गर्दै सर्वसाधारणका लागि गुणस्तरीय त्तस्वास्थ्य सेवा थप सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएका छन्।

स्वास्थ्य सेवा र वित्तीय क्षेत्रका दुई संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनुका साथै स्वास्थ्यसम्बन्धी नयाँ तथा प्रभावकारी योजनाहरू अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

MoU हस्ताक्षरलाई दुवै संस्थाबीचको सहकार्यको महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ। आगामी दिनमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम तथा समाधानहरू अघि बढाउने लक्ष्य राखिएको छ।

यस सहकार्यबारे दुवै संस्थाले “स्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने” प्रतिबद्धता व्यक्त गरेका छन्।

You might also like

Comments are closed.