सिद्धार्थ बैंकमा अनलाइनमार्फत कर्पोरेट खाता खोल्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै खाता खोल्न सक्नेछन् ।

ग्राहकको समय र प्रक्रियागत झन्झटलाई न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो । अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रियालाई डिजिटल माध्यमबाट अगाडि बढाउन सकिने बैंकले जनाएको छ । खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा प्रक्रिया पूरा गर्न भने ग्राहकले सक्कली कागजपत्रका साथ आफ्नो नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

यस सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

यस सेवाको बारेमा थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यम माफ्र्mत सम्पर्क गर्न सक्नेछन् ।

You might also like

Comments are closed.