भृकुटीमण्डपमा बृहत् जुत्ता–चप्पल व्यापार मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित सानो चौरमा ‘बृहत् जुत्ता–चप्पल व्यापार मेला’ सुरु भएको छ । नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै आयोजना गरिएको यस मेलामा नेपालका प्रतिष्ठित स्वदेशी जुत्ता–चप्पल ब्रान्डहरूको सहभागिता छ ।

मेलामा नयाँ–नयाँ मोडल तथा आकर्षक डिजाइनका जुत्ता–चप्पलहरू बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । उत्पादक कम्पनीहरूले सिधै कारखानाबाट सामान ल्याएर बिक्री–वितरण गरिरहेकाले उपभोक्ताले बजार मूल्यभन्दा निकै सस्तो दरमा सामान खरिद गर्न पाउने जनाएका छन् । मेला परिसरमा नेपालका चर्चित नेपाली ब्रान्डका स्टलहरू छन् ।

विशेष छुटको अफर उपलब्ध गराइएकाले आगामी चाडपर्वका लागि जुत्ता–चप्पल खरिद गर्ने ग्राहकहरू यस मेलाबाट प्रत्यक्ष लाभान्वित हुने आयोजकको विश्वास छ । उत्कृष्ट र गुणस्तरीय स्वदेशी उत्पादनहरू एकै स्थानमा उपलब्ध भएकाले मेलामा आएर छुटको लाभ लिन कम्पनीहरूले सर्वसाधारण उपभोक्ताहरूलाई आग्रह गरेका छन् ।

You might also like

Comments are closed.