प्रभु बैंक र रुस्काज् ब्युटी स्टुडियोबीच छुट सम्झौता

काठमाडौं ।

प्रभु बैंक लिमिटेड र कमलादीस्थित रुस्काज् ब्युटी स्टुडियोबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले विभिन्न सौन्दर्य सेवामा ५% देखि २०% सम्म र कर्मचारीले ५% देखि ३०% सम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले छुट प्राप्त गर्न प्रभु बैंकको डेबिट/क्रेडिट कार्ड वा डिजिटल बैंकिङ माध्यम प्रयोग गर्नुपर्नेछ भने कर्मचारीले आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ।

You might also like

Comments are closed.

Secret Link