एनएमबिद्वारा सिटीटेक र स्मार्ट च्वाइससँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग लुप (LOOP) नेटवर्कमा ’इसुअर बैंक’ को रूपमा आवद्ध हुन त्रिपक्षीय सम्झौता गरेको छ । यस सहकार्य मार्फत एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल माध्यमबाट सजिलै कर्जा तथा किस्ताबन्दी (EMI) सुविधा उपलब्ध गराउने भएको छ ।

यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकले लुप  नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थानबाट सामान खरिद गर्दा सजिलै इन्स्ट्यान्ट पर्चेज क्रेडिट (लुप क्रेडिट) सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले आफ्नो एनएमबि डेबिट कार्ड वा क्युआर  मार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी (लुप इएमआई) मा रूपान्तरण गर्न सक्नेछन् ।

यस सुविधाले ग्राहलाई तुरुन्तै वित्तीय पहुँच प्रदान गर्दै सामान खरिद गर्न, बजेट व्यवस्थापन गर्न र सरल भुक्तानीको अनुभव लिन मद्दत पु¥याउनेछ । एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ सेवा प्रदान गदै आइरहेको छ ।

You might also like

Comments are closed.

Secret Link