चौथो बुद्धभूमि डाबरा कप-२०८३ को उपाधि वाणगंगा ३ लाई

चौथो बुद्धभूमि डाबरा कप–२०८३ को उपाधि वाणगंगा वडा नं.३ ले हातपारेको छ । त्यसैगरी, उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल लव नेपाल, पिपरा उपविजेता बनेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजना ग्लमेवल डेरीले गरेको थियो । यस प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा सहकार्य गर्न पाएकोमा गौरव लागेको डेरीका अध्यक्ष थानेश्वर न्यौपानेले बताए । खेलकुदले युवामा अनुशासन, एकता, भाइचारा र सकारात्मक ऊर्जा अभिवृद्धि गर्नुका साथै समाजलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ। यस्ता खेलकुद गतिविधिलाई आगामी दिनमा पनि प्रोत्साहन गर्दै जाने हाम्रो प्रतिबद्धता रहेको छ, उनले भने ।

साथै उनले बुद्धभूमि डाबरा कप–२०८३ लाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन योगदान दिने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै विजेता तथा उपविजेता दुवै टोलीको उज्ज्वल भविष्यको कामना समेत गरेका छन् ।

You might also like

Comments are closed.

Secret Link