बुढीगण्डकीमा आएको बाढी र पहिरोले निर्माणाधीन ४ जलविद्युत आयोजनामा ठूलो क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको पहिरो तथा भीषण बाढीका कारण सो क्षेत्रमा निर्माणाधीन चारवटा जलविद्युत आयोजनाहरूमा ठुलो क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दिएको प्रारम्भिक जानकारी अनुसार बाढीले आयोजनाका क्याम्प, पहुँच सडक, पुल तथा निर्माण उपकरणहरू बगाएर ठूलो भौतिक नोक्सानी पुर्‍याएको हो।

इप्पानका अनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू बाढीले पूर्ण रूपमा बगाएको छ। त्यसैगरी दोबान खोला हाइड्रोपावर लिमिटेडको २४.५ मेगावाटको दोबान खोला जलविद्युत आयोजनाको क्याम्प क्षेत्रका घरहरूमा क्षति पुग्नुका साथै बेलिब्रिज बगेको छ।

यसैगरी, यारु हाइड्रो पावर प्रा।लि। प्रवर्द्धक रहेको ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत आयोजनाको बेलिब्रिज, निर्माण सामग्री तथा उपकरण बाढीले बगाएको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माणाधीन १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाको आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा पुलमा गम्भीर क्षति पुगेको छ। बाढीका कारण जलविद्युत क्षेत्रमा अर्बौंको क्षति पुगेको र निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको छ।

You might also like

Comments are closed.

Secret Link