मुक्तिनाथ विकास बैंकलाई ‘फोन पे अनर्स’ मा ३ अवार्ड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले Fonepay द्वारा आयोजित Fonepay Honors कार्यक्रममा विकास बैंक समूह अन्तर्गत तीन वटा अवार्डहरु प्राप्त गरेको छ । उक्त कार्यक्रममा बैंकले ३ विधामा अवार्ड प्राप्त गरेको हो ।

बैंकलाई Highest Fonepay Direct Volume (Issuer) , Highest Fonepay QR Volume (Issuer) र  Highest Fonepay QR Volume (Acquirer)  अर्वाड प्रदान गरिएको हो ।

डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन तथा विस्तारमा बैंकले पु¥याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछन्

यस उपलब्धिले बैंकलाई आगामी दिनमा अझ सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ । यस उपलब्धिमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण वर्ग, साझेदार संस्था तथा कर्मचारीहरूप्रति बैंक हार्दिक आभार व्यक्त गरेको छ ।

 

You might also like

Comments are closed.

Secret Link