काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’’ क्याम्पेन सुरु गरेको छ । सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्तासम्म सञ्चालन हुने यस क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । क्याम्पेनको बम्पर उपहारका रूपमा एक जना भाग्यशाली ड्राइभर पार्टनर्सले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन् ।
ड्राइभर पार्टनर्सहरूको निरन्तर योगदान, प्रतिबद्धता र सक्रिय सहभागितालाई प्रोत्साहन तथा सम्मान गर्ने इनड्राइभको पहलअन्तर्गत यो क्याम्पेन सञ्चालन गरिएको हो । क्याम्पेनमा सहभागी ड्राइभर पार्टनर्सले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । उक्त मापदण्ड पूरा गर्ने ड्राइभर पार्टनर्सहरू पुरस्कारको लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् । क्याम्पेन अवधिभर पूरा गरिएको प्रत्येक राइडलाई लक्की ड्रका लागि एक इन्ट्रीका रूपमा गणना गरिनेछ। यसअनुसार ड्राइभर पार्टनर्सहरूले जति धेरै राइड पूरा गर्छन्, पुरस्कार जित्ने उनीहरूको सम्भावना पनि त्यति नै बढ्नेछ ।
यो क्याम्पेन सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म लगातार चार हप्ता सञ्चालन हुनेछ ।
क्याम्पेनमा कसरी सहभागी हुने?
सहभागिताः काठमाडौंमा इनड्राइभ प्लेटफर्ममार्फत सेवा प्रदान गरिरहेका सबै सक्रिय ड्राइभर पार्टनर्सहरूले यस क्याम्पेनमा सहभागी हुन सक्नेछन् ।
योग्यताः ड्राइभर पार्टनर्सहरूले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ ।
लक्की ड्रमा सहभागिताः क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक राइडलाई स्वतः एक लक्की ड्र इन्ट्रीका रूपमा गणना गरिनेछ। यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन ।
क्याम्पेन अवधिः यो क्याम्पेन सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म लगातार चार हप्ता सञ्चालन हुनेछ ।
पुरस्कार जित्ने अवसरः योग्य ड्राइभर पार्टनर्सहरूले साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । साथै, क्याम्पेन अवधिभर संकलित सबै योग्य इन्ट्रीहरू अन्तिम बम्पर उपहारको लक्की ड्रमा समेत समावेश गरिनेछन् ।
ड्राइभर पार्टनर्सहरूका लागि आकर्षक पुरस्कार
चार हप्ते क्याम्पेनअन्तर्गत इनड्राइभले ड्राइभर पार्टनर्सहरूलाई बम्पर उपहारसहित विभिन्न साप्ताहिक पुरस्कार प्रदान गर्नेछ ।
बम्पर उपहारः
१ जनालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल
साप्ताहिक पुरस्कार
४ जनालाई याडिया इलेक्ट्रिक स्कुटर
१६ जनालाई Galaxy A17 5G स्मार्टफोन
२० जनालाई एयर फ्रायर
२०० जनालाई प्रति व्यक्ति ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर
८०० जनालाई प्रति व्यक्ति १० लिटर इन्धन बराबरको भौचर
क्याम्पेनका चार हप्तामा योग्य ड्राइभर पार्टनर्समध्येबाट साप्ताहिक पुरस्कार विजेता छनोट गरिनेछन् । त्यस्तै, क्याम्पेन अवधिभर संकलित योग्य इन्ट्रीहरूमध्येबाट अन्तिम लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेतालाई रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्रदान गरिने बताइएको छ ।
यस क्याम्पेनबारे बोल्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, “हाम्रा ड्राइभर पार्टनर्सहरू हामीले दैनिक रूपमा प्रदान गर्ने मोबिलिटी सेवाका मुख्य आधारस्तम्भ हुनुहुन्छ । उहाँहरूको निरन्तर मेहनत, समर्पण र योगदानको कदर गर्दै पारदर्शी र आकर्षक तरिकाले सम्मान गर्ने उद्देश्यले हामीले ‘प्लाटिनम गिभअवे’ क्याम्पेन ल्याएका हौं । यस क्याम्पेनमार्फत धेरै राइड पूरा गर्ने ड्राइभर पार्टनर्सहरूले पुरस्कार जित्ने थप अवसर प्राप्त गर्नुहुनेछ । यसले हाम्रो मोबिलिटी इकोसिस्टममा उहाँहरूले पु¥याउँदै आउनुभएको महत्त्वपूर्ण योगदानलाई सम्मान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । यस क्याम्पेनले ड्राइभर पार्टनर्सहरूमा थप उत्साह थप्नुका साथै चाडपर्वको माहोललाई अझ रमाइलो र स्मरणीय बनाउने विश्वास लिएका छौं ।”
इनड्राइभले यस्ता प्रोत्साहनमूलक क्याम्पेनमार्फत ड्राइभर पार्टनर्सहरूको योगदानलाई सम्मान गर्दै उनीहरूसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ । साथै, नेपालमा विस्तार हुँदै गएको आफ्नो मोबिलिटी इकोसिस्टममा ड्राइभर पार्टनर्सहरूको सक्रिय सहभागिता बढाउँदै उनीहरूका लागि थप अवसर सिर्जना गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।






Comments are closed.