‘माइला कान्छा अभियान‘बाट तीन सय ५० लाई राहत

पोखरा ।
बन्दाबन्दीले समस्यामा परेका पोखरा महानगरका करिब १० वडाका तीन सय ५० विपन्न परिवारलाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ ।पोखरा –९ स्थित प्रदर्शनी केन्द्रबाट अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल, तेल, नुन र सोयाविन गरेर तीन सय ५० परिवारलाई राहत वितरण गरेका हुन् ।

युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियान मार्फत राहत सङ्कलन गरेर वितरण गर्दै आएका छन् ।

“बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाइरहेका छन्, काम गरेर खाने वातावरण बन्न सकेको छैन, असहज परिस्थितिमा सेवा नै धर्म हो भनेर राहत वितरणमा जुटेका हौँ ।” अभियानकर्मी माया गुरुङले (कान्छा) भनिन् । उनले राहतमा एक बोरा चामल नुन, तेल, सोयावीन लगायतका सामग्री वितरण गरेको जानकारी दिईन् । उनका अनुसार यो अभियानको राहत वितरणको अन्तिम कार्यक्रम हो ।

अभियानका अर्का सदस्य पार्वती गुरुङ (माहिला)ले रोगले भन्दा पनि भोकले मरिने समस्या देखिन थालेपछि अभियान मार्फत सहयोगमा जुटेको बताए । “अभियानलाई युके निवासी नेपाली दाजुभाई दिदीबहिनीबाट निरन्तर सहयोग भयो र लक्षित वर्गसम्म सहयोग पु¥याउन सफल भयौँ” उनले हालसम्म माइला कान्छा अभियानबाट करिब रू १८ लाख संकलित भएको र सो रकमबाट एक हजार बढी परिवारलाई राहत सामग्री कतिपय अवस्थामा नगद रकम समेत वितरण गरेको जानकारी दिईन् ।

शुक्रबारनै सोही स्थानबाट तमु प्ये ल्हु संघ युके आमा समुहका अध्यक्ष विष्णु गुरुङ संयोजकत्वमा संकलित एक लाख ४० हजार रकमबाट ७० जना विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत लिन आउन सक्नेलाई सोही स्थानबाट र लिन आउन नसक्नेलाई घर घर मै राहत पु¥याएको राहत वितरण कार्यक्रममा समन्वय गरिरहनु भएका काँग्रेस नेतृ सरस्वती गुरुङले जानकारी दिईन् ।

You might also like

Comments are closed.