पोखरा ।
लायन्स क्लब अफ पोखरा सेती गण्डकीले लायन बर्ष २०२०÷२१ को पहिलो सर्भिस कार्यक्रम अन्तर्रगत खाद्यान्न सहयोग गरेको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, पोखरा १५ ढुङ्गेसाघु (कमलनयन आश्रम) मा क्लवले खाद्यान्य सहयोग गरेको हो ।
क्लवको सभिर्स कार्यक्रम अन्तर्रगत खाद्यान्य सहयोग गरिएको कार्यक्रम संयोजक लायन्स क्लब्स ईन्टरनेशनल ३२५ बि १ का को चिफ एडभाईजर सुचित्रा थापाले जानकारी दिईन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोईराला, मीना गुरुङ, एनएलएफ चिफ दुर्गा ढकाल, आश्रमका संचालक कमलनयन गौतम लगायतले बोलेका थिए । क्लवका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । क्लवले ३५ हजार रुपैयाँ बरावरको सहयोग गरेको सचिव बद्रीका ढुंगानाले जानकारी दिईन् ।






Comments are closed.