नेपालमा लायन्स स्थापनाको ५० बर्ष, क्लबले गरे विभिन्न सामाजिक काम

पोखरा ।

लायन्स क्लब अफ पोखरा बाराही टाउन र युनियन टाउनले  बिद्यार्थीलाई स्टेशनरी सामान प्रदान गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेका छन् ।

लेखनाथके सुन्दरी डाँडा (बेगनास गाँउमा रहेको शिवशक्ती आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरिनुका साथै विद्यालय परिसरमा वृक्षारोपण गरिएको वाराही टाउनका अध्यक्ष आरती अधिकारीले जानकारी दिईन् ।

नेपालमा लायन्स स्थापनाको ५० औं बर्षको सुनौलो अवसरमा कार्यक्रम गरिएको  युनियन टाउनका अध्यक्ष नारायण तिवारीले बताए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी लायन्स अन्तर्राष्ट्रिय ३२५ बि वानका को चिफ एडभाईजर बिनोद ढुङ्गानाले क्लबले राम्रो काम गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कामलाई निरन्तरता दिन सुझाव दिए । नेपालमा लायन्सको ईतिहास गौरवपुर्ण रहेको उनको भनाई छ ।

कार्यक्रममा रिजन चियरपर्सन अमृतप्रसाद तिवारी, डिष्ट्रिक्ट चियरपर्सन तथा बाराही टाउनका संस्थापक अध्यक्ष रोजी श्रेष्ठ लगायत उपस्थित थिए ।

You might also like

Comments are closed.