पोखरा ।लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका १४ भोटेचौतारामा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष कोपिला श्रीसले जानकारी दिईन् ।
लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि वानका ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै उनले रगतको अभाव भएको समयमा रक्तदान कार्यक्रम गरेर क्लवले धेरै उत्कृष्ट काम गरेको भन्दै प्रसंसा गरे ।
कार्यक्रममा रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, मेरो नेपाल युवा क्लबका अध्यक्ष दिवस कुँवर, किरण पौडेल लगायत उपस्थित थिए । रक्तदान कार्यक्रममा क्षेत्रिय रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
Comments are closed.