पोखरा । मुस्ताङमा रहेको श्री ओमविकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले बागलुङको ढोरपाटनका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
राहत तथा उद्धारको लागि थोरै भएपनि सहयोग पुग्ने उद्धेश्यले प्रतिष्ठानको तर्फबाट १० हजार रुपैयाँ सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष सवी गौचन शेरचनले जानकारी दिईन् ।
प्रतिष्ठानले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्द नेपाली मार्फत सहयोग रकम पठाएको हो ।
प्रतिष्ठानले मृतक प्रति श्रद्धाञ्जली व्यक्त र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । संकटको घडिमा सवैको साथ र सहयोगको लागि पनि प्रतिष्ठानले आग्रह गरेको छ । ।
Comments are closed.