पोखरा ।
कुनै पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर हुन नुहनेमा पोखरामा सोमवार आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
राष्ट्रिय वाल दिवस ०७७ को अवसर पारि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण सगै दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले हालको कठिन अवस्थामा केही पनि बालबालिका शिक्षाको पहँुच भन्दा बाहिर हुन नहुनेमा जोड दिएका हुन् ।
दिवसको यस वर्षको नारा “विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता” रहेको थियो । इकाइले सोहि विषयमा जिल्लामा रहेका ९ र १० कक्षामा अध्ययनर विधार्थीहरु विच निवन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
सहभागिहरुले सरकारी होस वा निजीमा अध्ययनरत कोही पनि विद्यार्थी शिक्षाको पहुँच वाट बाहिर हुन नहुने भन्दै पहुँच भन्दा बाहिर रहेको विद्यार्थीहरुलाई सबैले आ आफनो क्षेत्रवाट सहयोग गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेपनि बालबालिकाको शिक्षा, स्वास्थ्य सगै सामाजिक विकासको क्षेत्रमा सुधार सगै ध्यान दिन नसके त्यो नारा र सरकारले लिएको लक्ष्य कहिल्यौ पुरा नहुने उनिहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख समेत रहेका जिल्ला शिक्षा समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बालबालिकालाई भोलीका देशका कर्णधार भनेर मात्र नहुने त्यसका लागि गर्नुपर्ने धेरै कामहरु नभएको बताए । यसलाई सफल पार्न कुन क्षेत्रले के काम गर्नु पर्ने हो सो पुरा भएमात्र यो सपना साकार हुने भएकाले सबैको ध्यान जार जरुरी रहेकोमा क्षेत्रीको जोड थियो ।
बालदिवसका दिन मात्र बाल अधिकारको कुरा गर्ने र अन्यदिन विसर्ने परिपाटी हामीमा रहेकोले अव सबैले वर्ष भरिनै बाल अधिकार सगै उनिहरुको शिक्षा, स्वास्थ्य र सामाजिक अधिकारको लागि काम गर्न आवश्यक रहेको उनको भनाई थियो । हाल अधिकासले आएको बजेट बाटो, खानेपानी, सिचाई लगायतका कुरामा खर्च गर्ने र तयलाई नै प्राथमिकता दिने परिपाटी रहेको तर बाबालिका र महिलाको क्षेत्रमा गर्नुपर्ने काममा ध्यान जाने नगरेको भन्दै बालबालिकालाई पहिलो स्थानमा राखेर काम गर्न उनको आग्रह थियो ।
इकाइका प्रमुख नारायण सुबेदीले नेपालको संविधान सगै अन्य नियम कानुनले दिएको बालअधिकारको विषयमा शिक्षा क्षेत्रका सरोकारवालहरुले अध्ययन नगर्दा कहिले काही समस्या आउने गरेको बताए । शिक्षा क्षेत्रका सरोकारवाला सगै सवैले बालअधिकारमा उल्लेख भएका कुरा अध्ययन गर्न उनको आग्रह थियो ।
बालबालिकाहरु आफैले आफनो अधिकार खोज्न नक्ने भएकाले उनिहरुको अधिकार संरक्षण गर्ने जिम्मा घरमा अभिभावक र विद्यालयमा शिक्षकको रहेको भनाई सुवेदीको थियो । हालको कठिन अवस्थामा केही पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर हुन नहुने भन्दै हालै जारी सिकाई सहजिकरण निर्देशिका अनुसार सवैले आ आफनो क्षेत्रवाट शिक्षाको पहुचभन्दा बाहीर रहेका बालबालिकाहरुलाई सहयोग गर्न सुबेदीले सहभागीहरुलाई अनुरोध समेत गरेका थिए ।
निवन्ध प्रतियोगितामा ढुङ्गेसाघु वोडिङ स्कुल पोखरा १७ का अनुस्का रिजाल प्रथम, निष्पक्ष मावि माछापुच्छे« रिभानका अनिशा राना मगर द्धितीय, हिमालय मावि मौजाका मनिराज गुरुङ तृतीय हुदै क्रमश ३,२ र १ हजार नगर सगै प्रमाणत्र पुरस्कार पाए । यसै गरि जनप्रिय माविका आकृती सापकोटा र मादीका प्रज्वल गुरुङले सान्तवना स्थान प्राप्त गदै नगद ५÷५ सय पुरस्कार पाए ।
कार्यक्रममा पुरस्कार विजेता विद्याथीहरुको तर्फवाट अनुस्का रिजाल, नेपाल शिक्षक महासंघका अध्यक्ष बोधराज पौडेल, प्याब्सन कास्कीका सचिव विष्णु शर्मा, इकाइका शाखा अधिकृत बबिता शर्मा, हिमलाल बाास्तोला लगायतले कुनै पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर हुन नहुने भन्दै त्यसका लागि सवैले आ आफनो क्षेत्रवाट सहयोग गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।
Comments are closed.